विपक्षीहरुले पहिले गृहमन्त्रीको कुरा सुन्ने, त्यसपछि थप निर्णय लिने
नेपाली कांग्रेस नेतृत्वको विपक्षी दलहरुको मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेका छन् ।
सहकारी ठगि प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठनको एकशुत्रिय अडान राख्दै आएका विपक्षी दलहरुले आजको संसद बैठकमा उनलाई आफ्ना कुरा राख्न दिने निर्णय गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त नबुझे संसदको अवरोध कायमै राख्ने तयारीसमेत गरेका छन् ।
आज गृहमन्त्रीको कुरा सुन्ने, त्यसमा चित्त बुझे सदनलाई नियमित कार्यसूचीमा प्रवेश गर्न दिने अन्यथा संसदीय समितिले पूर्णता नपाउन्जेल विरोध जारी राख्ने बैठकले निर्णय लिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए । बैठकमा जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोसपालगायत पार्टीका नेताहरु सहभागी थिए ।
टिप्पणीहरू