गगन थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले लगाए गम्भीर आरोप

गगन थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले लगाए गम्भीर आरोप

गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसद गगन थापालाई घुमाउरो भाषामा विदेशी एजेन्टको आरोप लगाएका छन् । 

सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन आज संसद्को रोष्टममा उभिएका उनले कांग्रेस महामन्त्रीसमेत रहेका थापामाथि गम्भीर आक्षेप लगाएका हुन् । 

गगनको नाम नलिई लामिछानेले भने, 'दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।' 

व्यक्तिलाई तोकेर संसदीय समिति गठन गर्ने भए सहकारी ठगी गर्नेलाई मात्र नभई  कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गर्नुपर्ने उनले बताए ।  

'सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ’, लामिछानेले भने ।

टिप्पणीहरू