नाराबाजी र हो-हल्लाका बीच राष्ट्रपतिलाई धन्यवाद
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको छ ।
जेठ १ गते संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएका राष्ट्रपतिलाई एक सातापछि सभाले धन्यवाद प्रस्ताव पारित गरेको हो । नीति तथा कार्यक्रम पेश भएकै दिन धन्यवाद ज्ञापन गर्ने संसदीय परम्परा भएता पनि कांग्रेसको अवरोधका कारण रोकिएको थियो ।
अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका बेला सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्दै निर्णयार्थ पेश गर्नुभयो । र लगत्तै, सर्वसम्मतिले पारित भएको घोषणा गरियो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ टेवल गरेका थिए भने गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक फिर्ता लिएका थिए ।
टिप्पणीहरू