राजधानीमा मनाइयो उभौली

राजधानीमा मनाइयो उभौली

किरात समुदायहरुको महान् चाड उभौली पर्व सुरु भएको छ । एक महिनासम्म मनाइने उभौली पर्वको पहिलो दिन आज किरात समुदायले धुमधामका साथ मनाएका छन् । 

ललितपुरको हात्तीवनस्थित धार्मिक स्थलमा विधिवत पूजा आराधना गरेर उभौली पर्वको सुरुवात गरिएको छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्छन् । 

कृषि कर्ममा आधारित भएर मनाउने यो एक विशेष चाड हो । वैशाख पूर्णिमामा प्रकृति, भूमि र पुर्खाको पूजा गरेर धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसरी नै उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ । 

वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले ‘उधौली’ भन्ने चलन छ ।

उधौलीको दिन ‘नोक्छो’ अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ ।

टिप्पणीहरू