रविविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर जानुसरह भएको ओलीको टिप्पणी

रविविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर जानुसरह भएको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध खनिनु भँगेरा मार्न तोप बोकेर जानुसरह भएको टिप्पणी गर्नुभएको छ । 

आज सुनसरीमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दशकौंको इतिहास बोकेको काँग्रेस एक वर्षअघि राजनीतिमा प्रवेश गरेका लामिछानेविरुद्ध खनिनु मूर्खता भएको बताउनुभएको हो । 

लामिछानेले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार नगरेकोले काँग्रेसले सहकारी ठगीको आरोप लगाएको उहाँको दाबी छ । काँग्रेस एउटा पात्रमाथि मात्र खनिएकोप्रति आपत्ति जनाउँदै उहाँले संसद अवरुद्ध गरेकोमा आक्रोश पोख्नुभएको छ । 

‘अहिले नेपाली काँग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरा भएको भए हुन्थ्यो । रवि लामिछानेविरुद्ध काँग्रेस खनिएको छ । के खनिनु, भँगेरा मार्न जाने तोप बोकेर । बल्लतल्ल राजनीतिमा आएको एक वर्ष भयो । म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले । तर, नेपाली काँग्रेसले दुईतिरबाट अघ्र्यलाई गरेको छ । एउटा बेलुका गएर डेढ वर्ष प्रधानमन्त्री पहिले तपाईं खानुस् भन्ने । उनले कागजमा सही नगरेपछि सहकारी ठग भन्ने’, उहाँले भन्नुभयो । 

त्यस्तै, उहाँले अप्रमाणित कुरा संसदमा नबोल्न आग्रह पनि गर्नुभएको छ ।

टिप्पणीहरू