अध्यक्ष कमरेड अन्तै अन्तरध्यान

अध्यक्ष कमरेड अन्तै अन्तरध्यान

माथिका मान्छेलाई माथिबाटै चलाइने भएपछि तलका मान्छे ध्यान गर्न हिँड्दा एमालेको पेशागत फाँट अस्तव्यस्त बनेको छ । 

देशका गभर्नर, विभिन्न मन्त्रालयका सचिव, सहसचिवदेखि संवैधानिक निकायसम्मका जिम्मेवार व्यक्तिलाई संगठित गरिने पेशागत फाँटका विभिन्न कमिटीबीच कामको तालमेल नमिल्दा समस्या आएको हो । कसले, कोसँग र कति व्यवहार गर्ने भन्ने कुरामा मतभेद छ ।

महालेखाबाट अवकाश पाएका मोहनकुमार पराजुली पेशागत जिल्ला कमिटीमा अध्यक्ष छन् । त्यसलाई हेर्ने माथिल्लो कमिटी विशेष प्रदेश हो । त्यसको अध्यक्ष प्रेमकुमार पराजुली र इञ्चार्ज महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य हुन् । गभर्नर, विभिन्न मन्त्रालयका सचिव, सहसचिवदेखि संवैधानिक निकायसम्मका जिम्मेवार व्यक्तिसँग सुजिताबाहेक अरु कसैले केही भन्न र भेट्न पाउँदैन । जबकि, उनीहरु सदस्य हुन्छन्, जिल्ला कमिटीका विभिन्न इलाकाअन्तर्गत । 

जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष प्रेमकुमार पराजुलीले बालकोटका उम्मेदवारलाई हराएपछि उनीमाथि पेलान भएको हो । अहिले जिल्लाअन्तर्गतका विभिन्न इलाकाको अधिवेशन चलिरहेका छन् । तर, जिल्ला अध्यक्ष मोहनकुमार पराजुली भने ध्यान गर्न ओशोतिर लागेका छन् । इलाकालाई जिल्लाले चलाउन पाउनुपर्ने मोहनको माग हो ।

तर, शक्ति र आम्दानीको स्रोत मानिने मान्छेहरु सदस्य भएको ठाउँमा मोहनलाई ढिम्किन किन दिन्थे ? यस्तै विवादका कारण अधिवेशन भएको लामो समय बित्दासमेत अहिलेसम्म कार्यविभाजन भएको छैन । एकपटक भन्दा बढी बैठक पनि बसेको छैन । जिल्ला इञ्चार्ज कृष्णगोपाल श्रेष्ठकी पत्नी बीना हुन् । 

उता, राष्ट्रिय वाणिज्य बैंक, सञ्चालक समितिको अध्यक्ष किरण श्रेष्ठको कार्यकाल सकिएपछि दीर्घ अर्याललाई अध्यक्ष बनाइने संभावना छ । उनी त्यहीँका नायव महाप्रबन्धक हुन् । पहिला एमाले, अहिले माओवादीका रुपमा चिनिन्छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू