कोरोनाका नयाँ भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ नेपालमा पुष्टि

कोरोनाका नयाँ भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ नेपालमा पुष्टि
सुन्नुहोस्

नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर, अमेरिकालगायतका देशमा फैलिरहेको कोभिड-१९ (ओमिक्रोन भेरियन्ट)को नयाँ सब-भेरियन्ट 'केपी-१' र 'केपी-२' नेपालमा पनि पुष्टि भएको हो ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जानकारी दिएको छ ।

यो भेरियन्ट हाल अमेरिकालगायत अफ्रिकी मुलुकमा फैलिरहेको छ ।

टिप्पणीहरू