महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
सुन्नुहोस्

महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । 

महालेखापरीक्षक तोयम रायाले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर आर्थिक वर्ष २०७९-०८० को प्रतिवेदन पेश गरेका हुन् । ६ वटा परिच्छेद रहेको प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, बेरुजु स्थिति, प्रतिवेदनको कार्यान्वयन अवस्था, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालयको गतिविधि समेटिएको छ ।

संविधानको धारा २९४ को उपधारा (१) बमोजिम महालेखापरीक्षक रायाले वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू