सहकारी छानबिन कार्यादेश कार्यदल बैठकअघि काँग्रेसको छलफल

सहकारी छानबिन कार्यादेश कार्यदल बैठकअघि काँग्रेसको छलफल
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान १० बजे बस्ने जानकारी दिएका छन् । 

काँग्रेसले सहकारी ठगी प्रकरणबारे अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । समिति कार्यादेशमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि नामै तोक्नुपर्ने अडान काँग्रेसको छ । 
 
संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले आज ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटबारे पनि सामान्य छलफल हुने बताइएको छ । 

आजै बिहान ११ बजे सहकारी छानबिन समिति कार्यादेश कार्यदल बैठक बस्दैछ । बैठक कानुन मन्त्रालयमा राखिएको छ । आजको बैठकमा सहमति जुट्ने कार्यदलका संयोजक तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू