आगो सल्काउन खोजिएको बताएका काँग्रेस महामन्त्री झोस्ने पात्रबारे मौन

आगो सल्काउन खोजिएको बताएका काँग्रेस महामन्त्री झोस्ने पात्रबारे मौन
सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा उनले निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति बेलैमा सतर्कता अपनाउन उनले सुझाएका हुन् । 

व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको थापाको बुझाइ छ । त्यसैले दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको महामन्त्रीले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज १७ औं गणतन्त्र ! व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ । दोष व्यवस्थाको होइन, व्यवस्था चलाउने पात्र र प्रवृत्तिको हो ।’ 

उनले पनि मुलुक र नागरिकको दयनीय अवस्थाको बारेमा मात्रै लेखेका छन् । तर, त्यस्तो अवस्था परिवर्तन ल्याउन गर्नुपर्ने रोडम्यापबारे स्पष्ट बताइएको छैन । ‘बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन् । आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ । थिति बसाल्नुपर्नेछ । समीक्षा र प्रण गरौं, ’ थापाले अगाडि लेखेका छन् ।
 

टिप्पणीहरू