प्रधानमन्त्री पत्नीको नाममा अस्पताल खोल्ने घोषणा

प्रधानमन्त्री पत्नीको नाममा अस्पताल खोल्ने घोषणा

सरकारले काठमाडौँ विश्वविद्यालय माताहतमा रहने गरि 'सीता दाहाल' संस्थान खोल्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो । ‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छ', अर्थमन्त्रीको घोषणा छ । 

बजेट विनियोजन गरिएको यस कार्यक्रमको रकम भने खुलाइएको छैन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको गतवर्ष निधन भएको थियो ।

टिप्पणीहरू