नयाँ दिल्ली वरपर "आगोको वर्षा"

भारतको राजधानी नयाँ दिल्लीको तापक्रम हालसम्मकै उच्च कायम भएको छ । आज दिउँसो त्यहाँको मंगेशपुर क्षेत्रको तापक्रम ५२-३ डिग्री सेल्सियस पुगेको जनाइएको छ ।
मंगेशपुर राजधानी नयाँ दिल्लीको केन्द्र भागबाट ५० किलोमिटर उत्तरमा पर्छ । स्थानीय एक विद्यालयका उपप्राध्यापक प्रदीप कुमारले आकाशबाट आगोको लप्का झरेको महशुस भएको बताएका छन् ।
स्रोत : टाइम्स अफ इण्डिया ।
टिप्पणीहरू