माओवादी सांसदहरुको सिंहदरबारमा बैठक
सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा अहिले बैठक जारी छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा समसामायिक राजनीतिक, बजेट र पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने जनाइएको छ ।

खासगरी आइतबारबाट संसद्मा सुरु हुने बजेटमाथिको छलफलका सम्बन्धमा बैठक केन्द्रित रहेको छ । बैठकमा समसामायिक राजनीतिक अवस्थाबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्ने बताइएको छ ।
टिप्पणीहरू