गिरिबन्धु टि स्टेट प्रकरणबारे काठमाडौंका मेयरसँग सोध्नु : एमाले अध्यक्ष

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेट प्रकरणबारे आफूसँग नभएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सोध्न आग्रह गर्नुभएको छ । गिरिबन्धु टि इस्टेटबारे बजारमा उठेका प्रश्नबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले उक्त धारणा राख्नुभएको हो । 

आज नयाँ वानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा आक्रोशित मुद्रामा बोल्दै उहाँले भन्नुभयो,‘बालेनलाई सोध्नु ।’ बालेनले आजै गिरिबन्धु टि इस्टेटको जग्गा प्रकरणलाई विषयान्तर गर्न महानगरले नयाँ सडक क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तारमा ओलीले अवरोध गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल रंगाएका छन् ।

उनले लेखेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू ! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’ उनले सोही काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर फुटपाथ विस्तार गर्न नदिएको आरोप लगाएका छन्  ।

टिप्पणीहरू