नेविसंघका कार्यकर्ताले सरकारी गाडीमा आगो लगाए

नेविसंघका कार्यकर्ताले सरकारी गाडीमा आगो लगाए

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन् । 

आज बिहान विराटनगरस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसअगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडी नेविसंघका कार्यकर्ताले जलाएका हुन् । उनीहरुले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी तोडफोडसमेत गरेका छन् ।

केही दिनअघि रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नेविसंघ मोरङका नेता दीपक यादवलगायत छ जनालाई प्रहरीले समातेको थियो । उक्त पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका नेविसंघमा आवद्ध विद्यार्थीहरुले शुक्रबार दिउँसो कोशी राजमार्ग अवरुद्ध गरेका थिए ।

शिक्षा सुधारको माग र विभिन्न समयमा भएको अनियमितताको विषयमा खबरदारी गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा आफ्ना साथीहरुलाई पक्राउ गरिएको भन्दै रिहाईको मागसहित उनीहरुले आज सरकारी गाडीमा आगजनी  गरेका हुन् । 

आगजनी गरिएको गाडीको विवरण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

टिप्पणीहरू