फर्मासिष्टको परीक्षामा ८९ प्रतिशत फेल

फर्मासिष्टको परीक्षामा ८९ प्रतिशत फेल

नेपाल फार्मेसी परिषद्ले नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । हिजो सञ्चालित २५ औं लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । 

नतिजाअनुसार परीक्षामा ११ दशमलब ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । आठ सय ८५ परीक्षार्थी सहभागी भएकामध्ये एक सय चार जना मात्र पास भएको परिषद्ले जनाएको छ । सात सय ८१ जना अनुत्तीर्ण भएका छन् । 

परिषद्का अनुसार परीक्षाका निम्ति सबैभन्दा धेरै आवेदन भारतीय विश्वविद्यालयबाट उतीर्ण विद्यार्थी ५८ दशमलब ४३ प्रतिशत परेको थियो । सबैभन्दा कम बंगलादेशका शून्य दशमलब ३२ प्रतिशत परेको हो । 

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयबाट २४ दशमलब १५ प्रतिशत, पोखरा विश्वविद्यालयबाट १० दशमलब ९९ प्रतिशत, काठमाडौं विश्वविद्यालयबाट १ दशमलब ५२ प्रतिशत र त्रिभुवन विश्वविद्यालयबाट ४ दशमलब २५ प्रतिशत आवेदन परेको थियो ।

टिप्पणीहरू