तराईमा गर्मी अझै बढ्ने, सतर्कता अपनाउन अनुरोध

तराईमा गर्मी अझै बढ्ने, सतर्कता अपनाउन अनुरोध

नेपालको पूर्वी भेगमा मनसुन भित्रिए पनि मध्य र पश्चिम भूभागमा गर्मी थप बढ्ने आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएको बताएको छ ।  

ती भूभागमा पर्सिसम्म तातो हावा तथा लुको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । 

तातो हावा तथा लहरबाट जोगिन गर्मीको समयमा घरभित्रै अथवा चिसो स्थानमा बस्न, हल्का लुगा तथा सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, बारम्बार पानी पिउन र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्तै चिकित्सको सुझाव लिन भनिएको छ ।

टिप्पणीहरू