पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, ग्यास र हवाइ इन्धन यथावत

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, ग्यास र हवाइ इन्धन यथावत

नेपाल आयल निगमले मध्यरात १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ कम गरिएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम निगम सञ्चालक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो निर्णयानुसार काठमाडौं, पोखरा र दिपायल वरपरका जिल्लामा पेट्रोल प्रति लिटर १६५ कायम भएको छ । मध्यरात १२ बजेअघिसम्म प्रतिलिटर १६८ रुपैयाँ छ ।

त्यसैगरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १५२ तोकिएको छ । तराईका जिल्लामा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा र सुर्खेत तथा दाङमा प्रतिलिटर १६४ कायम भएको उल्लेख छ ।

टिप्पणीहरू