भीमप्रसादलाई कुट्नेमाथि कारवाही नभए क्रान्तिकारी आफैँ भिड्ने

भीमप्रसादलाई कुट्नेमाथि कारवाही नभए क्रान्तिकारी आफैँ भिड्ने

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय सचिव भीमप्रसाद आचार्यमाथि सांघातिक हमला भएको भन्दै घटनाका दोषीलाई दण्डित गर्न माग गरेको छ । 

कालिकोटको शुभकालिका गाउँपालिकाका दुई कर्मचारीले आचार्यलाई मरणासन्न हुनेगरी कुटेको जनाउँदै क्रान्तिकारीले दोषीलाई कानुनी कारवाहीको माग गरेको हो । महासचिव दिपेश पुनले विज्ञप्ति सार्वजनिक गर्दै राज्यले कारवाही नगरे संगठनले प्रतिवाद गर्ने चेतावनी दिए  

हिजो राति शुभाकालिका- ६ स्थित एक होटलमा खाना खाँदै गरेका आचार्यलाई गाउँपालिकाका कर्मचारी कृष्ण रोकाया र नवीन शाहीको समूहले ज्यान लिने नियतले आक्रमण गरेको क्रान्तिकारीले जनाएको छ ।

टिप्पणीहरू