ग्लाेबलले भाग लगायाे रिलायन्सको सेयर

ग्लाेबलले भाग लगायाे रिलायन्सको सेयर

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओको आज बाँडफाँट भएको हो । 

गोलाप्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै, १८ जनाले ५१ कित्ताका दरले सेयर पाएका छन् । 

रिलायन्सले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसमा ५ लाख ३२ हजार ८ सय ८८ जना लगानीकर्ताले २ करोड ७२ लाख १५ हजार १ सय कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत हुँदा १३ हजार ८४२ आवेदन रद्द भएको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित राखेको थियो । 

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

टिप्पणीहरू