सानेपाका छुट्टाछुट्टै पार्टी प्यालेसमा जुटे काँग्रेसीजन
नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानबाट पछि नहट्ने भएका छन् । अपरान्ह साढे ३ बजे बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि छुट्टै छलफलमा जुटेका विशेष महाधिवेशन पक्षधरका नेताहरुले कुनै पनि हालमा संस्थापन पक्षसँग सम्झौता नगर्ने बताएका छन् ।
बिहान पत्रकार सम्मेलन गरेका विशेष महाधिवेशन पक्षधरका नेताहरुले हिजाे भृकुटीमण्डप बुक गरेपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । बिहान धुलिखेलबाट फर्किएका महामन्त्री थापा अहिले निकटस्थ नेताहरुसँग छलफलमा छन् । भने, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायतका नेताहरु पनि सानेपाको एक ब्यांक्वैटमा भेला भएको बुझिएको छ ।
यसरी विशेष महाधिवेशन पक्षधर र सम्भव भएसम्म नियमित महाधिवेशनको पक्षधर नेताहरु दुई ध्रुबमा विभाजित भएको पृष्ठभूमिमा बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
महामन्त्री द्वय थापा र शर्माले हिजो विशेष महाधिवेशनको आह्वान गरेपछि संस्थापन पक्षधर नेताहरु अत्तालिएको बताइन्छ ।
टिप्पणीहरू