यी हुन् 'संक्रामक रोग'को सूचीमा समावेश ५२ वटा रोग

यी हुन् 'संक्रामक रोग'को सूचीमा समावेश ५२ वटा रोग
सुन्नुहोस्

सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिम ती रोगलाई संक्रामक रोगको सूचीमा राखेको हो । 

मन्त्रालयले सरुवा रोगको सूची नेपाल राजपत्रमा प्रकाशिनसमेत गरेको छ । सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी र एड्स, इन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस, रुबेला, लेप्टोस्पाइरोसिस रहेका छन् । 

त्यस्तै, भ्यागुते रोग, निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एचइन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्ठरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथे्रक्स, पोलियो, टोक्सोप्लाज्मोसिस, हाडे, ट्रकोमा, इबोला भाइरस डिजीस, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर पनि संक्रामक रोगको सूचीमा छ । 

मारवर्ग भाइरल डिजीज, सार्स, कमलपित्त ए, एमाईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस हाइडैटिडोसिस, एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिस्टिसर्कोसिस-टेनियास, चिकुनगुनिया, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई समेत संक्रामक रोगको सूचीमा राखिएको छ । 

जनस्वास्थ्य ऐनमा संक्रामक रोगलाई उच्च जोखिमयुक्त मानिएको छ । यस्तो रोग देखा परेमा सम्बन्धित निकायले तत्काल उपचार व्यवस्था मिलाउनुपर्छ ।

टिप्पणीहरू