राप्रपाले प्रचण्डलाई नजोगाउने,ओली सरकारमा पनि नजाने
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसैगरी आगामी नयाँ गठबन्धन सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय संविधान संशोधनबारे हुने सहमतिमा भर पर्ने धारणा राप्रपाले बनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि दिउँसो प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
टिप्पणीहरू