माओवादीलाई बाहेक गरेर संविधान संशोधन गर्न कांग्रेस र एमालेलाई प्रधानमन्त्रीको चुनौती

माओवादीलाई बाहेक गरेर संविधान संशोधन गर्न कांग्रेस र एमालेलाई प्रधानमन्त्रीको चुनौती

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाची नगर्न कांग्रेस र एमालेललाई चेतावनी दिनुभएको छ । 

आज प्रतिनिधि सभामा बोल्दै उहाँले कांग्रेस-एमाले गठबन्धनले समानुपातिक र समावेशी प्रणाली खतम गर्न लागेको गन्ध आइरहेको बताउनुभयो । ‘संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलाची नगर्नुहोला’,प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘स्थिरताको नाममा कता कता समानुपातिक र समावेशी प्रणाली खतम गर्न लागेको गन्ध आइरहेको छ ।’ 

प्रधानमन्त्री प्रचण्डले संसदका मुख्य पर्तिस्पर्धी दल अचानक एकै ठाउँमा आउनु निकै रहस्मय भएको पनि बताउनुभयो । ‘संसदका दुई मुख्य पर्तिस्पर्धी पार्टी बडो रहस्यमय ढंगले आज एक ठाउँमा उभिनु भएको छ, कतै स्थायीत्वको नारा दिनुभएको छ, कतै संविधाश संशोधनको छिर्के हान्नुभएको छ,  के गर्नु भएको हो भन्ने आधिकारिक प्रमाण र हस्ताक्षर बाहिर ल्याउनु भएको छैन’, उहाँले थप्नुभयो । 

माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संशोधन गर्न प्रधानमन्त्रीले कांग्रेस र एमालेलाई चुनौतीसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी हो, हामीलाई किनारा लगाएर कसरी गर्नुहुन्छ संशोधन ?’
 

टिप्पणीहरू