केपी ओली प्रधानमन्त्री नियुक्त

केपी ओली प्रधानमन्त्री नियुक्त
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । 

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि बिहान ११ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालयले संघीय संसद सचिवालयलाई पत्र लेखेर प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपस्थित हुन सांसदहरूलाई साढे १० बजेभित्र शीतलनिवास पुग्न सूचित गराएको छ  । 

अस्ति विश्वासको मतमा असफल भई प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । सोही रात एमाले अध्यक्ष ओलीले १६६ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्न लाग्नुभएका ओली चौथो पटक प्रधानमन्त्री बन्नुभएको हो ।

पहिलाे पटक ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका ओलीले नौ महिना सरकारको नेतृत्व गर्नुभयाे । ०७४ फागुन ३ गते उहाँ दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभयो । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनपछि अल्पमतमा परेका ओली ०७८ बैशाख ३० गते ठूलो दलको नेताको हैसियतले तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

टिप्पणीहरू