नागरिक उन्मुक्ति पार्टी भित्रकाे किचलाे : संघको रिस प्रदेशमा
मन्त्री हुनासाथ पहिला प्रहरी हेडक्वार्टर जाने देश नेपाल मात्रै । पहिला मन्त्रालयमा राम्रोसँग काम बुझ्ने, सवै अध्ययन गर्ने गरे हुन्छ नि । सवैलाई सलाम खान हतार । अहिलेसम्म एकजना मन्त्रीले पनि गृह राम्रोसँग चलाको छैन ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभा दलको नेताबाट घनश्याम चौधरीलाई हटाएको छ । संसदीय दलको बैठकले खुशीराम डगौरा थारुलाई दलको नेता बनाउने निर्णय गरेको छ ।
प्रदेशसभामा नाउपामा सात सदस्य छन् । तीमध्ये बहुमत पुगेपछि चार सदस्यको बैठकले उक्त निर्णय गरेको हो । घनश्यामले पार्टीभित्र एकलौटी निर्णय गर्दै प्रतिशोधको भावना साँध्ने प्रवृति देखाएपछि दलको नेताबाट हटाइएको प्रदेशसभा सदस्य कैलाश चौधरीले जानकारी दिए । उनका अनुसार बैठकमा आफूसहित लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु र टीका थापा उपस्थित थिए ।
‘उहाँ (घनश्याम)ले पार्टीभित्र प्रतिशोध साँधेर गतिविधि देखाउन थाल्नुभयो’, कैलाशले जनआस्थासँग भने, ‘पार्टीकै आन्तरिक विवाद चलिरहेको बेला यस्तो प्रवृतिले झन् क्षती पुर्याउछ, त्यसैले बहुमत प्रदेश सभा सदस्यको निर्णयले दलको नेता फेरेका हौँ ।’
दलको नेता बनेका खुशीराम रञ्जिता श्रेष्ठ पक्षका हुन् भने घनश्याम रेशम पक्षका । दुई साताअघि मात्र केन्द्रमा पनि रेशम पक्षका सांसदहरुले दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका थिए । गत असार १६ गते संघमा नाउपाका चार प्रतिनिधि सभा सदस्य मध्ये गंगाराम चौधरी डगौरा, अरुणकुमार चौधरी, लालवीर चौधरीले पार्टी अध्यक्षसमेत रहेकी रञ्जितालाई दलको नेताबाट हटाएका थिए ।
संघमा रेशम पक्षका नेताहरुले रञ्जितालाई हटाएपछि सुदूरपश्चिममा रञ्जिताका सांसदहरुले रेशम निकटका नेतालाई दलको नेताबाट हटाएका हुन् ।
टिप्पणीहरू