सर्वोच्चका हाकिमको यो कस्तो स्टाइल ?

सर्वोच्चका हाकिमको यो कस्तो स्टाइल ?
सुन्नुहोस्

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि उहाँ कामचलाउमा परिणत हुनुभयो ।

त्यसअघि असार १७ गते राति हात्तिगौंडास्थित एक व्यापारीको घरमा कांग्रेस सभापति र एमाले अध्यक्षबीच नयाँ समीकरणको निम्ति भएको सहमतिबारे पक्ष विपक्षमा चर्चा चल्यो । त्यसमा उच्च तहका सरकारी कर्मचारी पनि मुछिए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले प्रधानमन्त्रीको उछित्तो काढ्दै सामाजिक सञ्जाल रंगाए ।

निजामतीतर्फ मुख्यसचिव सरहको हैसियतमा रहेका अदालती कर्मचारीले तथानाम लेखेपछि एकैछिनमा कमेन्ट ओइरिन थालेको र उनी स्टाटस हटाउन बाध्य भए । एमालेले विश्वासको मत फिर्ता लिएको र मन्त्रीहरूलाई फर्काएपछिको अवस्थामा मुख्य रजिष्ट्रारले लेखेका थिए, ‘विश्वास गरेकाले नै हुन्न भनेपछि विश्वासको मत आकाशबाट झर्ने वा जमिनमा टुसाउने होइन ।’ 

न्यायिक जगत्मा मुख्य रजिष्ट्रारलाई खम्बा मानिन्छ । मुद्दा, दर्ता र दरपीठलगायतका अधिकारप्राप्त उनीसँग रहन्छन् । उनको पछिल्लो प्रवृत्तिबारे एक जना कानुनविद् भन्छन्, ‘प्रधानमन्त्रीविरुद्ध गालीगलौज  गर्न उनलाई किन जरुरी भयो होला ? त्यसरी लेख्नेले लगत्तै स्टाटस डिलिट गर्नुपर्ने अवस्था किन आइपर्‍यो होला ?’

सोहीसम्बन्धमा सर्वोच्चका कर्मचारीले न्यायालयलाई विवादित बनाउनेमा यस्तै अस्थिर प्रवृत्तिका मान्छेको हात हुने दाबी गरेका छन् । ढकालको स्टाटसमा अगाडि लेखिएको छ, ‘अविश्वासको माला लगाएको व्यक्ति विश्वासको मत लिने नाउँमा फेरि थप एक महिना सत्ताको पिङमा मच्चिँदा देशलाई कति नोक्सान हुन्छ भन्ने कुराको हिसाब कसैले नगर्ने भए । न संविधानले न जनताले । सबै काम चलाउ, सबै काम चलाउ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू