‘माननीयहरु दलाई लामाको आश्रम पुगेपछि कूटनीतिमा गम्भीर असर’
एमाले सांसदले स्वार्थको द्वन्द्वसम्बन्धी ऐन र स्वःनियमनको प्रावधानलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । सांसद योगेश भट्टराईले सांसदहरुद्वारा नै भ्रमण र उपहारको नाममा अराजकता भित्राएको उल्लेख गर्दै संसदकाे अाजकाे बैठकमा भने, ‘हाम्रा सांसदहरु मनोमानी ढंगले देशलाई नै कूटनैतिक रुपमा गम्भीर असर गर्ने ठाउँमा जाने गरेको पाइएको छ ।’
‘विकसित देशका सांसदरु कतै भ्रमणमा जाँदा त्यहाँको गृहसचिवबाट पूर्व स्वीकृत लिने, भ्रमणको बजेट कसले व्यवस्थापन गर्ने हो, त्यसको आथित्यता वा टिकट कसले काटेको हो, उसले बस्ने–खाने व्यवस्थापन कसले गरेको छ, सबै डिक्लियर भएपछि मात्रै तय हुन्छ’, उनले भने, ‘तर हाम्रो देशमा त्यो भएन, नेपाली सांसदहरु दलाई लामाको आश्रममा गएर बसेको÷भेटेको पनि देखियो, जसले देशलाई नै कूटनैतिक रुपमा गम्भीर असर गर्छ ।’
सांसद भट्टराईले संसदकै कार्यक्रममा समेत एनजीओ र आइएनजीओले उपहार बाँड्नु कति ठीक कति बेठिक ? भनेर प्रश्न गरेका छन् ।
‘केही समयअघि प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा एउटा एनजीओले खाजा खुवायो भन्ने आयो, त्यो ठीक कि बेठीक ? संसदकै कतिपय कार्यक्रममा कहिलेकाँही आइएनजीओले झोला बाँड्छ, त्यो ठीक कि बेठीक ?’, उनको प्रश्न छ ।
टिप्पणीहरू