एमाले उपाध्यक्षमा गुरू बराल मनोनीत, पाँच प्रदेश इञ्चार्ज हेरफेर

नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरुप्रसाद बराललाई मनोनीत गरेको छ । आज सिंहदरबार नजिकैको बसेरा होटलमा बसेको पार्टी सचिवालय बैठकले बागमती प्रदेश इञ्चार्ज समेत रहेका बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ । सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त उक्त पदमा आज पूर्ति गरिएको हो ।
बैठकले पाँच प्रदेशमा नयाँ इञ्चार्ज पनि तोकेको छ । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटीलाई प्रदेश इञ्चार्ज तोकिएको छ । लुम्बिनी र सुदूरपश्चिममा भने पहिलेकै क्रमशः पद्मा अर्याल र लेखराज भट्ट कायम छन् ।
बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ :
सुवास कर्माचार्य (सिन्धुपाल्चोक)
कुन्दन कुशवाह (रौतहट)
जितेन्द्र देव (सुनसरी)
रामपृत राम (सिरहा)
कृष्णभक्त पोखरेल (चितवन)
गोविन्द पुन (सल्यान)
केदार सिग्देल (तनहुँ)
मनमोहन पौडेल (पर्वत)
भरदेव जोशी (दार्चुला)
हरि उप्रेती (सर्लाही)
इन्द्र भण्डारी (झापा)
महेश बर्तौला (मकवानपुर)
सरिता भुसाल (किसान महासंघ)
प्रभा बराल (कास्की),
मञ्जु शर्मा चालिसे (बागलुङ)
आशा जवेगु (पाँचथर)
त्यस्तै सल्लाहकार परिषद् सदस्यमा
कुलानन्द गिरी, रोल्पा
महेन्द्र थापा, रोल्पा
पीएल श्रेष्ठ, तनहुँ
शिवचन्द्र कुशहवा, बारा
रामप्रित पासवान, सप्तरी
एकवाल मियाँ, कपिलवस्तु
डा. गोपाल खनाल, नवलपुर
खालित हुँसेन, सुनसरी
हरि रिजाल, प्युठान
प्रेमबहादुर सिंह, कालिकोट
कृष्णप्रसाद दाहाल, मकवानपुर
विनु ढकाल, मोरङ
सानु श्रेष्ठ, बागमती
सिर्जना शर्मा, गण्डकी
प्रदीप भण्डारी, कोशी
अर्जुनबहादुर थापा, सुदूरपश्चिम
श्याम ढकाल, बर्दिया
नारायण मरासिनी, स्याङ्जा
धनेन्द्र घिमिरे, पाल्पा
नन्दलाल रोकाया, बाँके
जनक पौडेल, बागलुङ
मेघनाथ सुवेदी, पर्वत
नारायण मरासी, डोटी
सुवासचन्द्र ठकुरी, मकवानपुर मनोनीत भएका छन् ।
टिप्पणीहरू