पेरिसमा चीनको अग्रता कायमै,आज ३० स्वर्णको छिनोफानो

पेरिसमा चीनको अग्रता कायमै,आज ३० स्वर्णको छिनोफानो

पेरिस ओलम्पिक २०२४ को सातौं दिनसम्म आइपुग्दा पदक तालिकामा चीनको शीर्षस्थान कायमै छ । हिजोसम्म चीनले १३ स्वर्ण,९ रजत र ९ कास्यसहित कूल ३१ पदक जितेको छ । हिजो चीनले २ स्वर्ण जितेको थियो । 

त्यसैगरी ११ स्वर्ण १२ रजत र १३ कास्य जितेर आयोजक फ्रान्स दोस्रो र ११ स्वर्ण ६ रजत र ५ कास्यसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

अस्तिसम्म दोस्रो स्थानमा रहेको अमेरिका हिजो ९ स्वर्ण १८ रजत र १६ कास्यसहित चौथो भएको छ ।

सहभागी २ सय ६ मुुलुकमध्ये ३५ देशले स्वर्णपदक जितेका छन् । कूल ५४ मुलुकले कम्तीमा एउटा कास्य पदक जितेका छन् । भारत ३ कास्यसहित पदक तालिकाको ४७ नम्बरमा छ ।

रुस र बेलारुसलाई पेरिस ओलम्पिकमा सहभागी गराइएको छैन ।

टिप्पणीहरू