यसरी चोखिए डा. सुनिल
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दा फासफुस भएको छ । वि.सं. २०७१ सालमै विराटनगरस्थित नोबल अस्पतालको सञ्चालक रहेका उनको प्रमाणपत्र नक्कली भएको दाबीसहित सिआइबीमा उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धान हुँदा कानुनमा देखिएका कमीकमजोरी र कतिपय मिल्दोजुल्दो मुद्दामा भएको फैसलाको कारण मुद्दा फासफुस हुन पुगेको बताइन्छ ।
स्रोतकाअनुसार मुलुकी ऐनअन्तर्गत किर्ते कागजको महलमा एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने प्रावधान छ । तर डा. शर्माविरुद्धको उजुरी भन्ने ओली सरकारको दाबी छ । अर्को कुरा उनको शैक्षिक प्रमाणपत्रलाई लिएर किर्तेमा मुद्दा चलाउन इण्डियाको कागजलाई सरकारी कागज मानिँदैन । र, यस्तो प्रमाणपत्र सरकारी कागजको परिभाषाभित्रै पर्दैन भनिँदैछ । त्यसो त डा. शर्मा अहिले नेपाली कांग्रेसको सांसद, शेखर कोइरालाको प्रिय पात्र र अहिलेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पक्षपाती नै मानिएका कारणले पनि आपूmविरुद्धको उजुरीलाई बेकामे पार्न सक्षम छन् । यसै विषयमा लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा उनलाई पक्राउ गरी एक दिन थुनेर छाडेका थिए । त्यसैगरी, यस्ता सर्टिफिकेटधारी डाक्टरलाई तत्कालीन सिआइबी प्रमुख नवराज सिलवालले पक्राउ गरी मुद्दा चलाएका थिए । तर, पछि अदालतबाट एक जना पनि दोषी सावित भएनन् । यस्तै तर्क केलाउँदै सुनिलको मुद्दा ओली सरकारले महान्यायाधिवक्ताको कार्यालयबाट पुनरावेदन नगर्ने गरी टुंग्याएको बताइन्छ ।
टिप्पणीहरू