उताका सचिव फर्कनासाथ भोलि मन्त्रीहरु लगालग भारत जाने

उताका सचिव फर्कनासाथ भोलि मन्त्रीहरु लगालग भारत जाने

परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले भोलिदेखि भारतको भ्रमण गर्नुहुने भएको छ । मन्त्रिपरिषद्को अस्तिको बैठकले परराष्ट्रमन्त्री राणाको भोलिदेखि बिहीबारसम्मको भारत भ्रमण स्वीकृत गरेको छ ।

परराष्ट्रमन्त्री राणा उता छँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत जाने कार्यक्रम तय भएको छ । उहाँ आगामी बुधबारदेखि आइतबारसम्म त्यहाँ आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुने बताइएको छ । 

मन्त्री राणाले भ्रमणको क्रममा नयाँ दिल्लीमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम पनि छ । उहाँले पाठेघरको उपचार नयाँ दिल्लीमा र हिपको उपचार जापानको राजधानी टोक्योमा गर्दै आउनुभएको छ ।

भारतीय विदेश सचिव मिस्री गत आइतबार नेपाल आएर भोलिपल्ट फर्केका थिए । त्यस अवसरमा उनले राष्ट्रपति,प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु,परराष्ट्र तथा गृहमन्त्री,भूतपूर्व प्रधानमन्त्रीहरु लगायतसँग भेटवार्ता गरेका थिए ।
 

टिप्पणीहरू