सरकारका कामबारे काँग्रेस सभापतिसँग छलफल

सरकारका कामबारे काँग्रेस सभापतिसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कुराकानीमा सरकारले गरिरहेका र गर्नुपर्ने कामबारे छलफल भएको प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । 

प्रधानमन्त्री ओलीले सभापति देउवासँग राजनीतिक विमर्श भएको उल्लेख गर्दै फोटो समेत सेयर गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ‘आज शनिबार । नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’

टिप्पणीहरू