लुम्बिनीमा यसरी तानिँदैछ लहरो

लुम्बिनीमा यसरी तानिँदैछ लहरो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा उपनेता चेतनारायण आचार्य एमाले संसदीय दलको नेतामा उक्लिएका छन् । आज दिउँसो बुटवलस्थित उनको सम्पर्क कार्यालयमा राखिएको संसदीय दलको बैठकले उक्त निर्णय गरेको बताइएको छ । उनी अर्घाखाँचीका हुन् ।

उनलाई मुख्यमन्त्री बनाइएपछि प्रमुख सचेतक लीला गिरीले राजीनामा दिएका थिए । तत्कालीन संसदीय दलका नेता गिरीको सट्टा उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने घोषणापछि अपमानित महशुस गर्दै गिरीले नेताबाट र तुलसी चौधरीले प्रमुख सचेतकबाट राजीनामा दिएका थिए । 

उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलनिकट ठानिएका श्रेष्ठलाई अर्को पटक काँग्रेसले मुख्यमन्त्री पाउँदा एमालेको तर्फबाट नेतृत्व गर्दै मन्त्रिमण्डलमा लैजाने आश्वासन दिइएको महासचिव शंकर पोखरेल निकटस्थहरुको भनाई छ ।

पौडेल समूहका गिरी,राधाकृष्ण कँडेल,श्रेष्ठलगायतको हिजो राति बसेको बैठकले आजको बैठकमा सांकेतिक विरोधको जनाउ दिने सहमति गरेका थिए । स्रोत भन्छ, ‘बैठकमा उपस्थित हुने । आफ्ना कुरा राख्ने तर कुनै जिम्मेवारी नलिने ।’
 
तर श्रेष्ठलाई विभिन्न प्रलोभनमा उपनेता बनाइछाडेपछि लीला समूहले धोका महशुस गरेको बुझिएको छ । प्रमुख सचेतकमा यसअघि राजीनामा दिएका तुल्सी चौधरीलाई नै बैठकले तोकेको छ । सचेतकमा भने रोल्पाकी यमुना रोका चुनिएकी छन् । उनी पनि शंकर खेमाकै हुन् ।

 

टिप्पणीहरू