रामवृक्षलाई सम्झिँदै तल फर्किने प्रण

रामवृक्षलाई सम्झिँदै तल फर्किने प्रण
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियान शुरु भएको बताउनुभएको छ ।

विसं २०५१ सालमा शहीद भएका तात्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले उक्त कुरा बताउनुभएको हो । उहाँले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताउनुभयो।

'रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो', अध्यक्ष प्रचण्डले भन्नुभयो, 'मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो ।'

जनताका मुद्दा रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत उहाँको दाबी छ । 'जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन', प्रचण्डले भन्नुभयो । 

आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा राम्रो काम गरेकै कारण विरोधीहरुले नयाँ गठबन्धन बनाएको जिकिर गर्दै भन्नुभयो',  'यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।'
 

टिप्पणीहरू