सहकारी ठगी प्रकरणमा रविअघि रास्वपा महामन्त्रीसँग लिइयो बयान
सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बयान लिने क्रम जारी छ । सहकारी रकम दुरुपयोगको आरोप लागेकाहरुसँग बयान लिँदै आएको समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यलाई सिंहदरबारमा बोलाएको हो ।
गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरको जिम्मेवारीमा रहेका उनीसँग आज समितिका सदस्यहरुले विभिन्न जिज्ञासा राखेका हुन् । सहकारी रकम अपचलनमा जीबी राई, रास्वपा अध्यक्ष रवि लामिछानेसहित सह–महामन्त्री आचार्यको संलग्नता पाइएपछि आज उनलाई बोलाइएको हो ।
सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न दीपेश पुनसँग पनि समितिले बयान लिइसकेको छ ।
टिप्पणीहरू