परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि दिउँसो त्यहाँ पुग्नुभएको हो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली राजदूतावास र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले उहाँलाई स्वागत गर्नुभएको बताइएको छ ।

भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्रीको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना, उपसचिव सृजना अधिकारी तथा शाखा अधिकृत प्रतिक कार्की छन् । 

परराष्ट्रमन्त्री राणा आगामी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू