ग्यासको पाइप जोडौँ

ग्यासको पाइप जोडौँ

प्रधानमन्त्री केपी ओलीले अस्ति मात्रै भन्नुभएको थियो, समुद्रमा नेपाली जहाज चलाउँछु । अब त्यो चलाउनै पर्छ । शायद बालाजु यन्त्रशालामा नेपालको जहाज बनिरहेको पनि होला अहिले । बनेपछि अवश्य चल्नेछ ।

त्यही बेला उहाँले नेपाली जनताको घर घरमा ग्यासको पाइप जोड्ने कुरा पनि गर्नुभएको थियो । तर त्यसलाई कुलमानले रोकिदिए । किनभने कुलमान आएपछि विद्युत आपूर्ति बढ्यो । मान्छेले घर घरमा विद्युतीय चुल्हो राख्न थाले । ग्यासको पाइप राख्नै परेन । तर, ग्यासको पाइप राख्नु नपरेकोमा केपी ओलीलाई भने रिस उठिरहेको रहेछ । किनभने कुलमानले गर्दा ग्यासको पाइप राख्ने उहाँको सपना पूरा भएन ।

अहिले प्रधानमन्त्री भएपछि उहाँ त्यही सपना पूरा गर्नतिर लाग्नुभएको छ । त्यसको लागि सबैभन्दा पहिले कुलमानलाई हटाउनुपर्‍यो । त्यसपछि विद्युत आपूर्ति घटाउनुपर्‍यो । विद्युतै नभएपछि ग्यास नबाली भो त ? त्यसपछि उहाँ पाइप जोड्न अघि सर्नु हुनेछ । यही होइन त योजना ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू