पेटबाट निकालेको एक किलो कोकिन ठमेलमा बरामद

पेटबाट निकालेको एक किलो कोकिन ठमेलमा बरामद

एक किलो कोकिनसहित एक विदेशी नागरिक काठमाडौँबाट समातिएका छन् । 

आइभरीकोस्टका ३५ वर्षीय वामारा कोनलाई प्रहरीले कोकिनसहित ठमेलबाट नियन्त्रणमा लिएको हो । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनलाई ज्याठास्थित एक होटेलबाट एक केजी ८८ ग्राम कोकिनसहित पक्राउ गरेको जनाएको छ । उक्त कोकिनको मूल्य अन्दाजी तीन करोड ८० लाख रुपैयाँ रहेको छ ।

प्रहरीका अनुसार उनी कतार एअरवेयको उडानमार्फत गत भद्रौ ३ गते इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका थिए । उनी बसेको कोठा खोजतलास गर्दा खेलौनाभित्र लुकाई राखेको अवस्थामा कोकिनका ६९ वटा क्याप्सुल बरामद गरेको ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा उनले कोकिन निलेर ल्याएको पाइएको छ ।  

उनीउपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही हुने ब्युरोले जानकारी दिएको छ ।
 

टिप्पणीहरू