आवेगपूर्ण राजनीतिक टिप्पणीप्रति एमालेको ध्यानाकर्षण
नेकपा एमालेले आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । आज बसेको सचिवालय बैठकले माओवादी नेतृत्वले पछिल्लो समयमा राख्दै आएका कतिपय धारणातर्फ लक्षित गर्दै उक्त निर्णय गरेको बुझिएको छ ।
सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रले बंगलादेश र श्रीलंकाको राजनीतिक घटनाक्रमलाई जोडेर आवेगपूर्ण टिप्पणी गर्दै आएको छ । सोही विषयमा एमालेले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको हो ।
समाजमा अराजकताको प्रवृति बढ्दै गएकोमा पनि बैठकमा छलफल भएको जानकारी दिइएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले भदौ २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने, प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्ने छ ।
यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले मुख्यालय, च्यासलमा जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको थियो । उक्त प्रतिमा कलाकार लालकाजी लामाले बनाएका हुन् ।
टिप्पणीहरू