सिंहदरबारमा परराष्ट्रमन्त्रीद्वारा क्षमायाचना : यस्तो गल्ती आगामी दिनमा हुँदैन

सिंहदरबारमा परराष्ट्रमन्त्रीद्वारा क्षमायाचना : यस्तो गल्ती आगामी दिनमा हुँदैन

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकाले हालै गरेको १७ जना राजदूत सिफारिसप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले उक्त सिफारिस समावेशी नभएको स्वीकार्दै रिक्त एक स्थानमा मधेसबाट सहभागी गराइने धारणा राख्नुभएको छ । 

संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको आजको बैठकमा परराष्ट्रमन्त्री राणाले दलित तथा मुस्लिम समुदायबाट राजदूत सिफारिस नभएको उल्लेख गर्दै भन्नुभयो, ‘त्यसका लागि माफी माग्छु ।’ यस्तो गल्ती आगामी दिनमा नहुने उहाँको भनाई छ । 

उहाँले हालैको आफ्नो भारत भ्रमणमा एयर रुटबारे कुरा राखेको र त्यस क्रममा टेक्निकल टिमको बैठक गर्ने सहमति भएको समितिसमक्ष जानकारी गराउनुभयो । तर, भेटका क्रममा भारतीय अधिकारीहरुसँग इपीजीबारे कुनै कुरो नभएको बताउनुभयो ।

टिप्पणीहरू