रविको ताल, निकिताको चाल
राष्ट्रिय स्वतन्त्र पार्टीको महिला समूहले तीज विशेष कार्यक्रम गरेको छ । बनस्थलीस्थित पार्टी कार्यालयमा आज तीज मनाइएको छ ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र उनकी पत्नी निकिता लामिछाने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित सोभिता गौतम, सुमना श्रेष्ठ, तोसिमा कार्की, चन्दा कार्की लगायत पाँच दर्जन महिलाहरु सहभागी थिए ।
दर खाएपछि मादलको तालमा नाचगान चलेको थियो । सोही क्रममा एकछिन सभापति लामिछानेले मादल बजाए, उनकी पत्नी निकिता सोही तालमा नाचेकी थिइन् ।
यो पनि...
2. जताततै तीजको दर, बालुवाटारदेखि बूढानीलकण्ठसम्म निम्तालुको लहर
टिप्पणीहरू