लालुका सन्तान कति हुन् कति !

लालुका सन्तान कति हुन् कति !

सधैंजसो चर्चामा आइरहने बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका कति होलान् सन्तान ! मानिसहरू भन्छन्,‘उनका छोराछोरीले डाँडाकाँडा ढाकेका छन् ।’ भारतीय राजनीतिमा उनीबारे दर्जनौँ किस्सा र अनेकौँ मान्यता छन् । लालु राजनीतिको रंगमञ्चमा परिचितै छन् ।

अब चर्चा गरौँ,उनको घरपरिवारवारे । लालु र राबडीदेवीले जम्माजम्मी ७ सन्तानलाई जन्म दिए–२ छोरा र ७ छोरी । उनीहरूका छोरा र सातै छोरी विवाहित हुन्, जसमध्ये सबै ज्वाइँ कुनै न कुनै पेशा–व्यवसायमा जोडिएकै छन् ।
लालु र राबडीदेवीका छोरीहरू हुन्–मीसा भारती,रोहिणी आचार्य, चन्दा यादव,रागिनी यादव,हेमा यादव, अनुष्का राव र राज लक्ष्मी । 

लालुप्रसादकी जेठी छोरी मीसा भारती हुन् । उनी एमबिबिएस परीक्षामा टपर भएकी थिइन् । राज्यसभा सदस्य मीसा आफ्नी आमा राबडीदेवी, भाइ तेजप्रताप यादव र तेजस्वी यादवजस्तै बिहारको राजनीतिमा सक्रिय छिन् । मीसाले सफ्टवेयर इन्जिनियर शैलेश कुमारसँग विवाह गरेकी छिन् ।रोहिणी लालुकी दोस्रो छोरी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सिङ्गापुरमा रहँदा पनि उनले आफ्ना पिताका विरोधीलाई आक्रमण गरिरहेकी हुन्थिन् । उनको निशाना हुन्थे भाजपा नेता, आरएसएस कार्यकर्ता र बिहारका मुख्यमन्त्री नितिश कुमार ।

रोहिणीको विवाह सन् २००२ मा औरंगाबाद निवासी राव रणविजय सिंहका छोरा राव समरेश सिंहसँग भएको थियो। उनका श्रीमान पेशाले कम्प्युटर इन्जिनियर हुन् ।लालुप्रसादकी तेस्रो छोरी चन्दा निकै सुन्दर छिन् । उनले सन् २००६ मा विक्रम सिंहसँग विवाह गरेकी छिन् । विक्रम सिंह भारतीय एयरलाइन्सका पाइलट हुन् ।

लालुप्रसादकी चौथी छोरी रागिनी यादव हुन् । उनको विवाह राजनीतिज्ञ जितेन्द्र यादवका छोरा राहुल यादवसँग भएको थियो । उनका श्रीमान राहुलले स्वीट्जरल्याण्डबाट होटल म्यानेजमेन्ट पढेका छन् र अहिले राजनीति गरिरहेका छन् । उनले सपाको टिकटबाट सन् २०२२ को युपी विधानसभामा चुनाव पनि लडे ।

पाँचौं छोरीको नाम हेमा यादव हो । उनले दिल्लीको राजनीतिक परिवारका विनीत यादवसँग विवाह गरेकी छिन् ।आरजेडी प्रमुख लालुकी छैटौं छोरी धनु उर्फ अनुष्का राव हुन् । अनुष्काको लुक्स उनको दाइ तेजस्वीसँग मिलदोजुल्दो छ । अनुष्काका श्रीमानको नाम चिरञ्जीव राव हो र उनी कांग्रेस नेता अजय सिंहका छोरा हुन् । चिरञ्जीव एनएसयूआईको अध्यक्ष पनि भइसकेका छन् ।

लालुप्रसादकी कान्छी छोरी राज लक्ष्मी हुन्। राज लक्ष्मीको विवाह मुलायमसिंह यादवका नाति तेजप्रताप सिंह यादवसँग भएको छ। तेजप्रताप मैनपुरीबाट सांसद पनि भइसकेका छन् ।लालुका सात छोरीमध्ये मीसा र रोहिणी मात्र राजनीतिमा रुची राख्छन् ।

टिप्पणीहरू