दिल्ली जानुअघि प्रचण्ड-ओली भेट
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एक जना वाम समर्थकको घरमा दुई नेताले 'वान टु वान' भेटवार्ता गरेका हुन् । केहीबेरअघि सम्पन्न भेटमा समसामयिक राजनीति,राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को चुनावबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा तालमेल गर्नेबारे छलफल केन्द्रित रहेको तर निष्कर्ष भने ननिस्किएको बताइएको छ । काँग्रेसभित्रको किचलोले चुनावी गठवन्धनको सम्भावना कमजोर भएपछि ओलीको चाहनामा यो भेट तय भएको स्रोतको दावी छ ।
यता,नयाँ दिल्लीमा आयोजना हुने पार्टीको एकता सन्देश सभामा सहभागी हुन प्रचण्ड आज दिउँसो भारत जाने कार्यक्रम छ ।
२०८१ असारमा ओलीले माओवादीसँगको गठवन्धन तोडेर नेपाली काँग्रेसतिर लागेपछि एक अर्काको मुखै नहेर्ने तहमा पुगेका दुई नेताबीच भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
टिप्पणीहरू