सुख्खा र लेदो पहिरोेले राजमार्ग सँधै अवरुद्ध, यात्रुको बेहाल

सुख्खा र लेदो पहिरोेले राजमार्ग सँधै अवरुद्ध, यात्रुको बेहाल

पहिरोका कारण आज पनि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ३, फिस्लिङ नजिकै सुख्का पहिरो खसेपछि आज दुबैतर्फका सवारी साधन रोकिएका हुन् । सडक विभागसँग आवश्यक समन्वय गरेर भर्खरै पहिरो हटाइएको प्रहरीले जनाएको छ ।

हिजो बिहान चितवनको ईच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । रातभरको वर्षापछि बिहान ७ बजेको समयमा गएको पहिरोले मध्यान्हसम्म सडक अवरुद्ध भएको हो ।

तीन दिनअघि आदमघाटमा खसेको पहिरोले पनि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । पहिरोले राजधानी आउँदै गरेका र काठमाडौंबाट बाहिरिएका सवारी साधन दुवैतर्फ लामो समयसम्म रोकिएका थिए ।

टिप्पणीहरू