मन्त्रीमाथि तानाशाहीको आरोप, विपि जयन्ती बहिष्कारको चेतावनी
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) माथि तानाशाहीको आरोप लागेको छ । नेपाली काँग्रेस रामेछाप जिल्ला सभापतिसमेत रहेका कान्छाराममाथि पार्टीकै नेता तथा कार्यकर्ताहरुले यस्तो आरोप लगाएका हुन् ।
जिल्ला कार्यसमिति सचिव दीपक खड्काले एक विज्ञप्ति जारी गर्दै कान्छारामले एकलौटी निर्णय गरेको दाबी गरे । कान्छारामले आफ्नो अधिकारको कार्यमा समेत हस्तक्षेप गरेको उनको भनाई छ । सचिव खड्काले भनेका छन्, ‘कान्छारामले विना सल्लाह एकलौटी ढंगबाट कार्य गर्ने, सचिवहरुको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्यगरी एकलौटी तबरबाट आफू सभापति हुनेबित्तिकै पार्टीको सबै कार्य गर्ने आफैं भएको महशुस गरी विधानविपरीत तानाशाही प्रवृत्तिको साथ अगाडि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण कांग्रेस शुभचिन्तकहरुलाई तानाशाही कार्यका विरुद्ध लाग्न अनुरोध गर्दछु ।’
त्यस्तै सचिव खड्काले पार्टीमा छलफल नगरी कान्छारामले भोलि विपि जयन्तीको आयोजना गर्न लागेकाले त्यसको अवरोध गर्ने जानकारी गराएका छन् ।
टिप्पणीहरू