पनौतीको खेतमा महिलाको शव

पनौतीको खेतमा महिलाको शव

काभ्रेपलाञ्चोकको पनौतीमा एउटी महिला मृत फेला परेकी छन् । स्थानीय दुधमिल पछाडिको खेतमा शव फेला परेको जनाइएको छ ।

प्रहरीका अनुसार मृतक बनेपा नगरपालिका ११, सल्लेकी ३५ वर्षे शान्ती तामाङ हुन् । उनी  हाल पनौती नगरपालिका ४ मा बस्दै आएकी थिइन् । 

मृतकका छोरा सञ्जयले शव सनाखत् गरेका छन् भने प्रहरीले घटनबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू