काठमाडौंमा उपचार गराएर फर्किएका थिए जीप दुर्घटनामा बितेकाहरु

काठमाडौंमा उपचार गराएर फर्किएका थिए जीप दुर्घटनामा बितेकाहरु
सुन्नुहोस्

आज बिहान जीप दुर्घटनामा बितेकाहरु काठमाडौंमा उपचार गरेर फर्किएको खुलेको छ । रुकुम पूर्वको पृथाउत्तरगंगा गाउँपालिकाको बोलेर जीप बागलुङको गलकोट नगरपालिका–२, भुङखानीमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको ज्यान गएको हो । ३३ वर्षीया उपाध्यक्ष बुढा, उनकी ६१ वर्षीय आमा गोपीमाया बुढा र ३७ वर्षीय वडा नम्बर २ का वडाध्यक्ष जसबहादुर गुरुङ्गको निधन भएको गाउँपालिका अध्यक्ष पुणिराज घर्तीले बताए । 

भुमे गाउँपालिका–३ का २९ वर्षीय चालक प्रेमबहादुर पुन भने गम्भीर घाइते छन् । धौलागिरी अस्पतालमा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ । 

उपाध्यक्ष बुुढा आमालाई काठमाडौंमा उपचार गराएर गाउँ फर्किंदै गर्दा रा.१ झ २०० नम्बरको जीप सडकबाट तीन सय मीटर तल खसेको थियो । तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पणीहरू