जम्मु कश्मीरमा भिडन्त, दुई भारतीय सैनिकको मृत्यु

जम्मु कश्मीरमा भिडन्त, दुई भारतीय सैनिकको मृत्यु
सुन्नुहोस्

भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको झडपमा दुई सैनिकको ज्यान गएको छ । घटनामा अन्य दुई सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

नाइट कर्प्सका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह मारिएको र घाइते सैनिकको उपचार भइरहेको बताइएको छ । भारतीय सेनाका अनुसार चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश–ए–मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको सूचनापछि खोज अभियान थाल्ने क्रममा मुठभेड भएको हो ।

जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत आगामी बुधबार मतदान हुँदैछ । डोडामा आयोजित जनसभालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुअघि भिडन्त भएको हो ।
 

टिप्पणीहरू