माधव नेपाल राति भारत प्रस्थान, उत्तरबाट वर्षमान पुनको आगमन

माधव नेपाल राति भारत प्रस्थान, उत्तरबाट वर्षमान पुनको आगमन
सुन्नुहोस्

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गएराति नयाँ दिल्ली जानुभएको छ । उहाँ एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राति पौने ११ बजे काठमाडौंबाट त्यता जानुभएको हो ।

अध्यक्ष नेपाल भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव स्वर्गीय सीताराम यचुरीको अन्तिम संस्कारमा भाग लिन जानुभएको बताइएको छ ।

त्यसैगरी माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन चीनको ग्वाङ्चौबाट काठमाडौं आउनुभएको छ । उहाँ चीनमा उपचारपछि चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६७ मा राति पौने ११ बजे श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्तिमगरसँगै आउनुभएको हो ।
 

टिप्पणीहरू